‘मालिका’ ट्रेलर सार्वजनिक, चङ्गा चेटसँग जुद्दै

- मेराेफिल्म

फिल्म ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ । महिला शसक्तिकरणको बिसयमा बनेको फिल्मको ट्रेलरमा लिड क्यारेक्टर रेखा थापा र कमला वोलीलाई देखाइएको छ ।

सहायक निर्देशक नवराज आचार्यका साथमा फिल्मको निर्देशन रेखा स्वयंको रहेको छ । मालिकामा रेखा, कमला र नरबहादुर कार्कीको मुख्य भूमिका रहेको छ । रेखा तथा नारा कार्कीको स्क्रिप्ट रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा रहेको छ । फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारी तथा एस डी योगीको संगीत रहेको छ । हिम्मतवाली पछि रेखा मालिका मार्फत निर्देशनमा फर्किएकी हुन् । ट्रेलरसँगै फिल्मको रिलिज मिति सार्वजनिक गरिएको छ । असोज १६ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म चङ्गा चेटसँग जुध्ने भएको छ ।

२०७५ असोज १२ गते १४:०३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *