सबैकी प्यारी ‘निर्जला’

फिल्म निर्जलाको टाइटल ट्र्याक सबैकी प्यारी निर्जला सार्वजनिक भएको छ । राम रुवालीको शब्दमा बाबुल गिरीको संगीत रहेको उक्त गीतमा मेलिना राईको स्वर रहेको छ । कमल राईको कोरियोग्राफी रहेको गीतको भिडियो सम्पादन तारा थापाले गरेका हुन ।

असोज १९ बाट प्रर्दशनमा आउने फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा र निम शर्माको साथमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, बाले तामाङ, अन्जली घिसिङ प्रेम पौडेल, बाल कलाकार सागर गिरी लगायतको अभिनय रहेको छ । राजु गिरीको निर्देशनमा तयार भएको फिल्मका प्रस्तुतकर्ता प्रकाश चन्द्र न्यौपाने हुन् । फिल्ममा शुभेच्छा थापाको कथा, रवि कोइरालाको छायांकन, अशोक खड्काको द्धन्द्ध, कमल राई, क्रान्ति केसीको नृत्य निर्देशक, तारा थापा किम्भेको सम्पादन रहेको छ ।