स्वस्तिमाको प्रतिस्पर्धा कोसँग ?

बिबाह गरेपछि अभिनेत्री स्वस्तिमा खड्कालाई लक लागेको छ । लक पनि यसरी लागेको छ कि, अब नेपाली फिल्ममा उनलाई कामको अभाव हुने छैन । ठूला ब्यानरदेखि साना ब्यानरको रोजाइमा स्वस्तिमा नै छिन् । यही भएर स्वस्तिमालाई नेपाली फिल्ममा अब नयाँ प्रियंका कार्की हुन् भन्ने पनि छन् ।

स्वस्तिमाको फेसन, उनको अभिनय, डान्सले दर्शकको मन जितेको छ । यही भएर होला, स्वस्तिमाको प्रतिस्पर्धा अब अन्य अभिनेत्रीसँग सुरु भएको विश्लेषण हुन्छ ।

तर, स्वस्तिमालाई भने आफ्नो प्रतिस्पर्धी अरु अभिनेत्री नै लाग्दैन । को होलान् त स्वस्तिमाको नयाँ प्रतिस्पर्धी ? स्वस्तिमाले चश्मा लगाएर तस्बिर पोष्ट गर्दै आफ्नो प्रतिस्पर्धी आफू नै भएको बताएकी छिन् । स्वस्तिमाले ऐना हेर्दा आफ्नो प्रतिस्पर्धी देखिने लेखेकी छिन् ।

स्वस्तिमालाई अरु हिरोइन प्रतिस्पर्धी लाग्न छाडेको रहेछ । अब आफूसँग नै आफूले नै प्रतिस्पर्धा गर्न स्वस्तिमालाई सजिलो होला र ?