फन्डा नगर्दा हराइन् शुभेच्छा

अभिनेत्री शुभेच्छा थापाले अभिनय गरेको निर्जला फिल्म रिलिज हुन ५ दिन पनि बाँकी छैन । यो फिल्म रिलिजका लागि शुभेच्छा दौडिएकी पनि छन् । तर, उनको दौडाइले गति लिएको छैन ।

आखिर, शुभेच्छालाई दर्शकले यसरी कहाँ चिनेका छन् र ? फिल्म रिलिजको लागि शुभेच्छाले के सम्म गरिनन् ? शुभेच्छाले आफ्नो स्तन माछाले छोपेर फोटोसुट गराएको त दर्शकले अहिले पनि विर्सिएका छैनन् । शुभेच्छाकै अर्को कान्डले त विवाद नै निम्तायो । खदाले आफ्नो गोप्य अंग छोपेर फोटोसुट गर्दा उनी विवादमा तानिइन् र माफी मागिन् ।

तर, अहिले शुभेच्छालाई यी सबै कुरा गर्न सुहाउदैन । माछा र खदाले छोप्दा पाएको चर्चा २ दिनको खेला मात्र बन्यो । हिट हुनका लागि उनले यस्तै फन्डा मात्र जानिन् । निर्जलामा उनी यस्ता फन्डाबाट बचेकी छिन् । तर, शुभेच्छाले फन्डा नगर्दा फिल्मको उचाई पनि बढेको छैन ।

आखिर, शुभेच्छाले फन्डा नगरी नहुने रहेछ क्यारे ।