करिश्माले गरिन् क्षितिजा अपारेलको शाखा उद्घाटन

अभिनेत्री करिश्मा मान्धरले क्षितिजा अपारेलको शाखाको उद्घाटन गरेकी छिन् । १४ वर्षदेखि फेशन डिजाइनिङको क्षेत्रमा कार्यरत क्षितिजा शाक्यले उक्त बुटिक संचालनमा ल्याएकी हुन् । काठमाडौँ नरदेवीमा समेत रहेको बुटिकको शाखा काठमाडौँ मलको चौथो तलामा खोलिएको हो ।

महिलाहरुका लागी विभिन्न डिजाइनका पहिरन क्षितिजा अपारेलमा उपलब्ध छन् । यहाँ हातले भरेका तथा रेडिमेड कपडाहरु साथै बनारसी साडिहरु बिक्रिमा राखिएको छ । नायिका मानन्धरका साथमा नेपालको पहिलो रंगीन चलचित्र कुमारीकी नायिका चैत्येदवी सिंह, हाँस्य अभिनेत्री बसुन्धरा भुसाल लगायतको उपस्थितीमा शाक्यको बुटिक उद्घाटन गरिएको हो ।