अनमोलको अघि मिलनको योजना असफल

- मेराेफिल्म

अभिनेता अनमोल केसीको जिद्दीको अघि निर्देशक मिलन चाम्सको पनि केही लागेन । मिलन चाम्स जो बर्षमा ४ वटा सम्म फिल्म बनाएर रिलिज गर्न माहिर निर्देशक मानिन्थे । तर, यसपटक भने उनी आफ्नो सेड्यूल अनुसार अघि जान पाएनन् । कारण हुन्, अभिनेता अनमोल केसी ।

अनमोल केसीलाई लिएर उनी ब्याचलर बन्टी फिल्म निर्देशन गर्दैछन् । यो फिल्म असोज ३० गते छायांकनमा जाने उनले बताए । तर, २ दिनपछि परेको विजयादशमीको टिकालाई पनि ध्यान नदिइ उनले कसरी असोज ३० गते फिल्म छायांकनमा जान्छ भन्न सकेका होलान् ।

फिल्मको प्रदर्शन मिति पनि उनले तोकिसकेका थिए । फागुनमा फिल्म रिलिज हुन्छ भनेर उनले घोषणा नै गरिदिए । अनमोल केसी जो बर्षमा एउटा भन्दा बढी फिल्म रिलिज गर्न तयार हुन्नन् । मिलनले कसरी अनमोलको सेड्यूल आफै तयार गरे होलान् । अन्तिममा, ए मेरो हजुर ३ को छायांकन पहिले भएपनि रिलिज आफ्नो हुने उनले बताइदिए ।

तर, उनका सबै योजना फेल खाएपछि उनले विर विक्रम २ बनाउनु नै ठिक हो भन्ने ठानेछन् । अब, ब्यचालर बन्टीको कुरा छाडेर मिलन विर विक्रम २ तिर लागेका छन् ।

मिलनको योजना अनमोल केसीको काम गर्ने तरिका अघि पुरै असफल भयो । कहिलेकाही त कोसँग काम गर्दैछु भन्ने पनि बुझेर बोलिदिने हो कि मिलनले ?

२०७५ असोज १५ गते १३:२६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *