आयुष्मान र प्रियंकाको आ – आफ्नै नाटक

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीलाई एक अर्काको बारेमा जति जानकारी त अरु कसलाई होला र ? इन्गेजमेन्ट गरेपछि अर्को बर्ष बिहेको तयारीमा लागेका आयुष्मान र प्रियंकालाई एक अर्काको कुरा नै थाहा छैन भन्दा कसले पत्याउला ?

प्रियंकाले फिल्म ‘राधा २’ साइन गरिसकेकी छन् । फिल्मका निर्देशक योगेश घिमिरेले आयुष्मान देशराज जोशी पनि फाइनल भएको बताइसकेका छन् । तर,  प्रियंकालाई आयुष्मान फाइनल भएको नै थाहा छैन रे ? कतिसम्म भने यो खबर कसरी आयो समेत भन्न भ्याइन् प्रियंकाले । आयुष्मान फिल्ममा भएको कुरा प्रियंकालाई थाहा नहुने । यो भन्दा हावादारी कुरा के होला र ?

आयुष्मान देशराज जोशी पनि अचम्मकै रहेछन् । अभिनेत्री प्रियंका कार्की अन्तिम सेड्यूलमा कथा काठमाण्डुको प्रचारमा हिड्दा आयुष्मानले अनुहार देखाएनन् । उनले,  आफ्नो जोडी नभएकाले प्रचार नगरेका हुन् भन्ने पनि सुनियो ।

फिल्ममा उनको जोडीका रुपमा रहेकी प्रेक्षा विदेशमा छिन् । फिल्म प्रचार गर्न जोडी नै चाहिन्छ र ? कि प्रियंकालाई प्रमोदले साथ दिएपछि आयुष्मानलाई जागर नचलेको हो ?