‘प्रेम भित्र पनि प्रेमकै स्वार्थ हुन्छ’ गुनगुन पोष्टर

कार्तिक ३० रिलिज डेट रहेको फिल्म ‘गुनगुन’ को पोष्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य पात्रहरुलाई समेटिएको छ । प्रेम तथा सामाजिक बिषयबस्तुलाई समेटिएको यस फिल्मको प्रचार प्रसारको काम निर्माण टिमले पोष्टर सार्वजनिक सँगसँगै सुरु गरेको हो । यस अघि फिल्मको एउटा गीत र टिजर रिलिज भएको छ ।

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र निर्देशक पुकार भट्टराईको अभिनय रहेको छ । फिल्म ’गुनगुन’ मा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।