‘डियर जिन्दगी’ घटस्थापनाको दिन

एक कार्यकरमका बीच कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्मित मेघा टेली सिरियल ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर सार्बजनिक भएको छ । जनक दीप पराजुलीको कथा र निर्देशनमा बनेको टेली सिरियलमा सुनिल थापा, पुस्कर जंग थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवाश पराजुली, अर्जुन गौतम, राम कृष्ण बिसी, डीबी बम्जन, एलिना खनाल, वसन्त पोखरेल, सुरेश काफ्ले लगायतको अभिनय रहेको छ।

कार्यक्रममा मेघा टेली सिरियल ‘डियर जिन्दगी’ का कलाकार निर्माण टिम संगै बिज्ञापन एजेन्सी संघका अध्यक्ष रबिन्द्र रिजाल ‘शशि’, एबिसी टेलिभिजनका प्रमुख महेश राणा, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमूख राज कुमार थापा, चलचित्र बिकाश बोर्डका निबर्तमान अध्यक्ष राज कुमार राइ लगायतको उपस्थिति रहेको थियो ।

वसन्त पोखरेलको लेखन तथा मुख्य सहायक निर्देशन रहेको मेघा सिरियललाइ जीवन पराजुलीले छायांकन तथा धुर्ब राज पराजुलीले सम्पादन गरेका छन् भने सुमन कोइराला सह सम्पादक रहेका छन् । उक्त सिरियल घटस्थापनाको दिन देखि प्रत्येक बुधबार साँझ नेपाल टेलिभिजनबाट तथा पिएनपी मिडियाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक हुनेछ ।
शिर्ष गीत 

ट्रेलर :