निर्देशक गगन विरहीको निधन

- मेराेफिल्म

फिल्म निर्देशक तथा गीतकार गगन विरहीको निधन भएको छ । ६१ वर्षको उमेरमा आइतवार दिउँसो ४ बजे नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

लामो समयदेखि कलेजोको समस्याबाट पिडित रहेका उनलाई अचानक रुघाखोकी र ज्वरोले आएपछि गत शनिबार नर्भिक अस्पतालको अति सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको निधन भएको हो । उनको आइतवार साँझ नै पशुपतिको आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनले ‘झ–झल्को’, ‘मितेरी गाउँ’, ‘शिखर’, ‘घर–आँगन’ जस्ता फिल्महरुको निर्देशन गरेका थिए ।

२०७५ असोज १५ गते १४:२४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *