निर्देशकले हतार गर्छन् कि कलाकारले लुकाउँछन् ?

आखिर हतार कसलाई हो ? लुकाउन परेको कसलाई हो ? किन लुकाउनु परेको होला ? निर्देशक विकासराज आचार्यले बनाउन लागेको ‘हजार जुनीसम्म’ फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का फाइनल भएको बताएका थिए । उनले संचारमाध्यमलाई दिएको खबरमा पनि स्वस्तिमा फाइनल नै थिइन् । तर, अभिनेत्री स्वस्तिमा खड्कालाई त यो फिल्मको बारेमा थाहा नै छैन । निर्देशकले हो भन्ने, हिरोइनले थाहा नै छैन भन्ने । यो कस्तो कनेक्शन हो ।

निर्देशक पब्लिसिटी चाहने, अभिनेत्री लुकाउन चाहने पो हो की ? निर्देशक योगेश घिमिरेले पनि ‘राधा २’ मा अभिनेता आयुष्मान देशराज जोशी फाइनल भएको बताएका थिए । तर, आयुष्मानकी प्रेमिका प्रियंका कार्कीले त आफूलाई थाहा नै नभएको बताएकी थिइन् ।

निर्देशकले कलाकारलाई दबाब दिन संचारमाध्यममा खबर दिन हतार गर्छन् कि कलाकार लुकाउन खोज्छन् ? फिल्म वृत्तको लिला वुझिनसक्नु रहेछ ।