पहिलो पटक पुलिस अफिसर बने नील नितिन मुकेश (दशहरा ट्रेलर)

एक्टर नील नितिन मुकेशको अपकमिंग फिल्म ‘दशहरा’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४५ सेकेन्डको ट्रेलर हेरेर फिल्म सच र झुटको लडाई हो भनेर अनुमान गर्न सकिन्छ । हत्या र आत्महत्या बीचको द्युबिधालाई पुलिस अफिसर बनेका नितिन कुमारले छुट्याई अपराधीलाई जेलको हावा खान बाध्य बनाउछन् ।

मनिष वात्सल्यको निर्देशनमा बनेको फिल्ममा नील नितिन मुकेशका साथ् टिना देशाई र गोबिन्द नामदेवको मुख्य भूमिका रहेको छ । यहि अक्टुबर २६ मा रिलिज हुने फिल्म ‘दशहरा’ सैफ अली खानको फिल्म ‘बाजार’ सँग बक्स अफिसमा टक्कर गर्दै छ । ११ बर्षको फिल्मी करियरमा मुकेशलाई यस फिल्ममा पहिलो पटक पुलिस अफिसरको भुमिका मा देख्न पाइने छ ।