मणिकर्णिकामा कंगनाको भिन्न रुप (टिजर)

बलिउड अभिनेत्री कंगना रनावत अभिनित फिल्म’मणिकर्णिका’ को टिजर रिलिज भएको छ । भी भीएएन्द्र प्रसादले लेखेको यो फिल्मलाई राधा कृष्णले निर्देशन गरेका हुन् । फिल्म झासीकी रानीको कथामा आधारित छ । जी स्टूडियो र कमल जैनको निर्माणमा तयार भएको यो फिल्ममा युद्धको कथा देखाइएको छ । फिल्म सन् २०१९ को जनवरी २५ बाट रिलिज हुनेछ ।