बर्षालाई चाहियो कंगना जसरी लगानी गर्ने निर्माता

नेपालमा अभिनेत्रीलाई मुख्य भूमिका दिएर फिल्म बन्दैनन् । बनेपनि ती एकाध छन् । अभिनेत्रीमाथि लगानी गर्न निर्माता डराउँछन् । अभिनेत्रीको स्टारडम छैन भन्ने वुझाई निर्माताको होला ।
बलिउडमा भने अभिनेत्रीलाई नै सोलो भूमिकामा राखेर फिल्म बनेका छन् । अभिनेत्रीमाथि करोडौ लगानी गर्न निर्माता तयार छन् । अभिनेत्री बर्षा सिवाकोटीलाई पनि यो कुरा खड्किएछ । उनले, एउटा राम्रो अभिनेत्रीमाथि करोडौ रकम विश्वास गर्ने भन्दै अभिनेत्री कंगना रनावतलाई मणिकर्निकामा लगानी गर्ने निर्माताको प्रशंसा नै गरिन् । उनले नेपाली निर्मातासँग माफी चाहन्छु भनेर समेत ह्यास ट्याग लगाउन भ्याइन् ।
उनको भाव थियो, हिरोइनमाथि नेपाली निर्माताले लगानी गर्न नै सकेनन् । तर, नेपालमा अभिनय राम्रो गर्ने र कंगनाले गरे जस्तो भूमिकालाई निर्वाहा गर्न सक्ने अभिनेत्री कति होलान् ? निर्माताले त एउटै फिल्ममा ३–४ वटा भूमिका गर्नुपरेमा हिरोइन नै नपाएको भन्दै हिड्छन् । बर्षाले अभिनय गरेका फिल्म पनि दर्शकले हेरेका छन् । कंगनाले जस्तो न त उनले फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् न राष्ट्रिय अवार्ड नै ।
नेपालका निर्माताले हिरोइनमाथि लगानी गर्न नसकेको साचो कुरा हो । तर, पहिला आफू पनि अभिनय, स्टारडममा अब्बल बन्न पर्दैन र ? कंगनासँग तुलना गर्नुअघि आफ्नो कमजोरी पनि हेर्ने हो कि बर्षा जीले ?

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया