हिरोइनलाई परमिता थ्रेट ?

अभिनेता सलोन बस्नेत,  अनुप विक्रम शाही जस्ता कलाकार भएको फिल्ममा सुपरस्टार पनि कमजोर अभिनयले दम तोड्छन् रे । अनुहार उनीहरुको विकेपनि फिल्म चलेपछि अनुप, सलोन हाबी हुने गरेको सुनिन्छ ।

अब, हिरोइनमा पनि त्यो थ्रेट सुरु भएको हो । फिल्म चंगाचेटको एउटा गीतमा प्रियंका कार्की र आयुष्मान देशराजलाई पुरा देखाइएको छ । विचमा अभिनेत्री परमिता आर एल राणालाई झुलुक्क देखाइएको छ । तर, परमिताको अभिनय र प्रस्तुतिले प्रियंका र आयुष्मानलाई नै ओझेलमा पारेको कमेन्ट आएको थियो । छोटो भूमिकामा देखिए पनि परमिता प्रियंकाका लागि थ्रेट बनिन् ।

रोज फिल्मको त कुरै नगर्दा भयो । यो फिल्मको त मुख्य कलाकार नै परमिता हुन् । चपली हाइट २ मा पनि परमिताको बोल्ड अभिनयनले अभिनेत्री मरिष्का पोख्रेललाई छायामा पारेको थियो ।

हालै रिलिज भएको फिल्म दि कर्माको ‘बजार लाग्या छ’ गीतमा परमिता नाचेकी छैनन् । गीतमा नीता ढुंगानाको नृत्य छ । तर, परमिताको सानो सानो दृश्यमा देखिएको हाउभाउले नै नीतालाई कमजोर बनाएको प्रतिक्रिया आइरहेको छ ।

यस्तै हो भने, परमितासँग पर्दा शेयर गर्न अन्य हिरोइन डराउनुपर्ने अवस्था आउन सक्छ ।