अञ्जु पन्तको ‘माया त यस्तो…’ (भिडियो)

गायिका अन्जु पन्त र गायक बिन्ति कुमार गुरुङको स्वरमा आधुनिक शैलीको यूगल गीत ‘माया त यस्तो…’ को भिडियो सार्वजनिक भएको छ । मनोज साङसन राईद्वारा संगीतबद्ध उक्त गीतको शब्द एमडि फिरकले रचना गरेका हुन् । गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । यो गीत भरखरै सार्वजनिक भएको एल्बम ‘बिन्ति’ मा समावेश छ ।

शान थापाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अनुराग र आशाले अभिनय गरेका छन् । राजीव समरद्वारा कोरियोग्रँफी गरिएको उक्त भिडियोलाई प्रकाश गुरुङ ‘कास’ ले छायांकन गरेका छन् । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् भने यसमा विकास ताम्राकारले ड्रोन सञ्चालन गरेका छन् ।