‘छक्का पञ्जा ३’ को र्याप

फिल्म ‘छक्का पञ्जा ३’ को र्याप गीत सार्वजनिक भएको छ । फिल्म प्रचारको क्रममा निर्माण टिमले नयाँ गीत रिलिज गरेका हो । गीतमा कलाकार दीपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालले र्याप हानेका छन् । र्याप मार्फत फिल्मका बारेमा जानकारी दिन खोजिएको छ । यसलाई फिल्म प्रचारको नया फण्डाको रुपला लिन सकिन्छ । गीतमा डविड शंकरको स्वर रहेको छ ।

असोज २४ गते घटस्थापनाबाट प्रदर्शनमा आउने फिल्ममा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामांग, स्वस्तिमा खड्का, सुमन गिरी भान्जा, संजोग कोइराला, शिवहरी पौडेल, प्रियंका कार्की लगायतको अभिनय रहेको छ । दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।