परमिताको इन्गेजमेन्ट ?

परमिता आर एल राणाले हिजो पच्चीसौ जन्मदिन मनाइन् । भव्यताका साथ मनाइएको उनको जन्मदिनको अवसरमा उनका आफन्त तथा साथीभाइको उपस्थिति रहेको थियो । एक बर्ष अगाडीबाटै २५ औ जन्मदिन भब्य बनाउने सोच रहेको बताउने उक्त अवसरमा औठी उपहार प्राप्त गरिन् । केहि समय यता हिसी लोसांगसँग प्रेममा रहेकी उनलाई जन्मदिनको अवसरमा उनका प्रेमीले औठी लगाईदिए ।

आयुष्मान जोशीसंगको प्रेम सम्बन्धमा रहेकी उनी आयुष्मानको जिन्दगीमा प्रियंका आएसँगै एक्लिएकी थिइन् । सामाजिक संजालमा तस्विर पोष्ट गर्दै प्रेमी सार्वजनिक गरेकी उनले आयुष्मान प्रियंकाको इन्गेजमेन्ट गरेको केहि समय नाबित्दै आफ्ना प्रेमीसँग इन्गेजमेन्ट गरेकी हुन् त ? यस बिषयमा भने उनलाई नै थाहा होला ।