निर्माता बन्दै अभिनेत्री प्रियंका

अभिनेत्री प्रियंका कार्की फिल्म निर्माता बन्ने भएकी छन् । उनको ‘प्रिंकलबल पिक्चर्स’ नामक प्रोडक्सन हाउसबाट आगामी बर्ष फिल्म बन्ने भएको छ । नेपाली अभिनेत्रीहरु फिल्म निर्माण तर्फ अकर्शित हुदै गैरहेको समयमा अभिनेत्री निर्माताको लिस्टमा प्रियंकाको समेत नाम थपिने भएको छ ।

प्रियंकाको खुट्टामा खोपिएको ट्याटु नै प्रोडक्सन हाउसको लोगोको रुपमा तयार भएको छ । फिल्म क्षेत्रमै अभिनय बाहेक पनि केहि गर्ने इच्छा रहेको बताउदै आएकी उनले आफ्नै प्रोडक्सन हाउस मार्फत फिल्म निर्माण गर्न लागेकी हुन् । सान बस्न्यात र आफुले स्क्रिप्टको काम गर्दै गरेको र आगामी बर्ष फिल्म फ्लोरमा जाने समेत उनले बताइन् ।