बागमति र शकुन्तलाले निराश बनाए : हमाल

आफ्नो फिल्म यात्रालाई लिएर सधैं रक्षात्मक देखिने राजेश हमाल बिस्तारै आफ्नो यात्राको समीक्षामा लागेका छन् । पहिला पहिला पत्रकारले क्षमता र चर्चा अनुसारको फिल्म नखेलेको आरोप लगाउँदा हमाल यसको बचावमा लाग्थे । तर पछिल्लो समय उनको बोली फेरिएको छ । आफ्ना नराम्रा फिल्मलाई हमालले नराम्रो भन्नथालेका छन् । केही समय पहिले हमालले एक साप्ताहिक पत्रिकासँगको अन्तर्वार्तामा फिल्म खेलेको मध्ये पछुतो लागेको फिल्ममा बागमति र शकुन्तलाको नाम लिएका थिए । बिहीबार एपीवन टेलिभिजनबाट प्रसारण हुनलागेको ‘को बन्छ करोडपति’को औपचारिक घोषणा कार्यक्रममा उपस्थित हमालले पछिल्ला दुई फिल्मको असफलताले आफूलाई फिल्म छनोटमा धैर्य गर्न बाध्य बनाएको बताए ।

‘बागमतिमा लाइट समेत केरलाबाट आएको थियो । निर्देशक उतैबाट आएका थिए । निर्माताले भनेजति पैसा खर्च गरेकाथिए । तर, फिल्मबनेर आउँदाअर्कैआयो । यही अवस्था शकुन्तलाको पनि रह्यो’, हमालले भने ‘ फिल्म नखेल्ने भन्ने हैन । मूलतः म कलाकार नै हुँ ।’ हमाल ‘हु वान्टस् टु बि अ मिलिनियर’को नेपाली भर्सन‘को बन्छ करोडपति’मा होस्टको रुपमा देखिन लागेका छन् । बिहीबार कार्यक्रमको प्रसारण मिति र अन्य जानकारीका लागि एपीवन टेलिभिजनले औपचारिक पत्रकार भेटघाटको कार्यक्रम राखेको थियो । हमालले सानो पर्दा वा ठूलो पर्दा जुन माध्यमबाट भएपनि दर्शक सम्म सम्पर्कमा रहेन टेलिभिजन कार्यक्रममा पनि सक्रिय रहेको बताए । कार्यक्रममा बलिउड अभिनेताअमिताभबच्चनले शुभकामना दिएको भिडियो पनि सार्वजनिक गरिएको थियो । ‘ अमिताभ बच्चनले पारेको प्रभावलाई बिस्थापित गर्न सक्नु हुन्छ ?’ भन्ने पत्रकारले सोधेको प्रश्नमा हमालले भने, ‘ हामीले फ्रेन्चाइजलिएकाहौं तर यसको मतलब फम्र्याट फ्लो गर्छौं, शैलीहोइन । मैले सोमा प्रस्तुतहुन आन्तरिक तयारी गरेको छु जुन आफ्नै नेपाली शैलीको हुनेछ ।’ १ करोडसम्म पुरस्कार जित्न सकिने कार्यक्रम कात्तिकबाट टेलिभिजनमा प्रसारण हुनेछ ।