फ्राइडे रिलिज : राजु गिरीको ‘निर्जला’

फ्राइडे रिलिज अन्तर्गत आज असोज १९ गते फिल्म निर्जला हलहरुमा सोलो रिलिज भएको छ । हप्तामा एकै पटक २,३ वटा फिल्म रिलिज भैरहेको अवस्थामा यस हप्ता भने राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘निर्जला’ दशैंको मुखमा सोलो रिलिज भएको हो । यस अघि फिल्मको २ गीत र ट्रेलर रिलिज गरेको निर्माण टिमका लागि ब्यापार भने कस्तो हुने हो हेर्न बाकी छ ।

फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा र निम शर्माको साथमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, बाले तामाङ, अन्जली घिसिङ प्रेम पौडेल, बाल कलाकार सागर गिरी लगायतको अभिनय रहेको छ । फिल्मका प्रस्तुतकर्ता प्रकाश चन्द्र न्यौपाने हुन् भने क्रान्ति केसीको नृत्य निर्देशन रहेको छ । फिल्ममा शुभेच्छा थापाको कथा, रवि कोइरालाको छायांकन, अशोक खड्काको द्धन्द्ध, कमल राई, तारा थापा किम्भेको सम्पादन रहेको छ ।