बल्ल आएछ श्रृष्टीको राम्रो दिन

लगालग २ फिल्म फ्लप हुँदा कलाकारलाई दिक्क लाग्छ । अभिनेत्री श्रृष्टी श्रेष्ठलाई पनि रोमियो एन्ड मुना र बाँध मायाले असफल हुँदा दिक्क लागेको होला । गाजलुबाट हिट भएर फिल्ममा डेब्यू गरेकी अभिनेत्रीलाई दुई फिल्म असफल हुँदा अबको गोरेटो के हुन्छ भन्ने पनि लाग्न सक्छ ।

यस्तो बेलामा श्रृष्टीलाई राम्रो दिन कहिले आउला भन्ने पनि लागेको होला ? तर, श्रृष्टी श्रेष्ठको राम्रो दिन आएको छ । उनले, आफ्नो इन्स्टाग्राममा राखेको तस्बिरले उनको गुड डे देखाएको छ । गुड डे भन्दै श्रृष्टीले विकिनी लगाएका बोल्ड तस्बिर राखेकी छिन् ।

श्रृष्टीको यो तस्बिर पुरानो हो या अहिलेको ताजा खुलेको छैन । किनकी, उनी फिल्ममा आउनु भन्दा अघि यस्ता तस्बिर खिचाउने गर्थिन्, अहिले छाडेकी छिन् । तर, उनलाई एक्कासी विकिनी तस्बिर पोष्ट गरेर गुड डे भन्न किन मन लागेको होला ?

श्रृष्टीलाई निर्देशकले अहिलेसम्म सामान्य गेटअपमा फिल्ममा देखाएका छन् । श्रृष्टी अब भने फिल्ममा खुल्न चाहेकी पो हुन् कि ?