फिल्म चल्ने बेलामा मात्र पोई खोजेर हुन्छ त ?

४० बर्ष कटेपछि पनि निर्देशक र कलाकार दुबै बनिसकेकी दीपाश्री निरौलाको बिहे भएको छैन । उनले, बिहे नगर्नुको कारण केटा नपाएर बताएकी छन् । यत्रो चर्चित कलाकारलाई बिहे गर्नका लागि केटा नै नभएका हुन् भनेर कसले पत्याउला र ?

तर पनि दीपाश्रीले केटा नपाएको रटान दिइरहेकी हुन्छिन् । तर, दीपाको श्रीमान् सधै आउँदैनन् । जब जब दीपाश्रीको फिल्म रिलिज हुने बेला हुन्छ, अनी उनी ‘पोई’ खोज्न थाल्छिन् ।

दीपाश्रीले निर्देशन गरेको ‘छक्का पन्जा ३’ दशैंको घटस्थापनाबाट रिलिज हुँदैछ । यो फिल्म रिलिजको बेलामा दीपाश्री प्रचारको लागि हिड्न थालेकी छन् ।

दीपाश्रीले फिल्म प्रचार गर्ने क्रममा दर्शकसँग फेरि पोई नपाएको गुनासो गरिन् । दीपाश्रीले पोई नपाएको गुनासो गरेको अहिले नै पहिलो पटक होइन ।

जब जब फिल्म चल्ने बेला हुन्छ, अनी मात्र उनले पोई खोज्छिन् । फिल्म चल्ने बेलामा मात्र पोई खोजेर पाइन्छ त ?  अरु बेला मतलब नै नगर्ने ।