‘सबै भन्दा ठुलो पैसा हो’ फिल्म दैलो ट्रेलर

जमुना देबी फिल्म्सको प्रस्तुति फिल्म ‘दैलो’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेरेर फिल्मले आर्थिक असमानता र सामाजिक विसंगतिको कथा समेटेको अनुमान गर्न सकिन्छ ।सुरेश उप्रेती प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेश उप्रेती, दुर्गा साउद. विकास चापागाईं, दीपक डोटेल, मुना प्रसाईं, दिक्षा आचार्य, प्रदीप अधिकारी, सपना श्रेष्ठ, अनु ढुंगाना लगायतको अभिनय रहेको छ । सुयोग उप्रेती बाल कलाकारको रुपमा फिल्ममा प्रस्तुत भएका छन् ।

फिल्मका गीत मा दुर्गा साउद र निलम उप्रेतीले स्वर दिएका छन् भने शब्द रचना निलम उप्रेती र बिमल भट्टराईको रहेको छ । फिल्ममा लच्छु प्रकाश र निलम उप्रेतीको रहेको छ । बिमल कुमार भट्टाराईको छायांकन रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन्  । नीलम उप्रेती, अर्जुन उप्रेती र यसोधा उप्रेतीको निर्माण रहेको फिल्म कार्तिक ३० बाट प्रदर्शनमा आउदै छ  । फिल्ममा स्क्रिप्ट तथा निर्देशन सुरेश उप्रेतीको रहेको छ  ।