रेलको झ्याल पछि रेलको भाडा (भिडियो)

रन्जित परियार र मनिषा गायकको आवाज रहेको लोक दोहोरी ‘रेलको भाडा’ सार्वजनिक भएको छ । गीतमा प्रल्हाद सुबेदीको शब्द संकलन र गायक परियार कै संगीत रहेको छ ।  गीतमा कृष्ण बिक ‘भान्जा’ को संगीत संयोजन रहेको छ ।

मौसम हिमालीको निर्देशन रहेको भिडियोमा रन्जित परियार करिश्मा ढकाल र दिपेन गायकको अभिनय रहेको छ । दुर्गा पौडेलको छायांकन रहेको भिडियो नबिन घर्ति मगरले सम्पादन गरेका हुन् ।