ब्याचलर बन्टीलाई पछी सार्दै अनमोलको ‘क्याप्टेन’ फागुन १७ मा
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
नायक अनमोल केसीको मुख्य भुमिका रहने फिल्म ब्याचलर बन्टी निर्माण यूनिटले फिल्म छायाङ्कन पुर्व नै आफ्नो फिल्म रिलिज मिती फागुन १७ तय गरेका थिए । तर अनमोल केसीको ब्यस्तताले गर्दा पछाडी सरेको ब्याचलर बन्टीको रिलिज डेटमा अनमोलकै अर्को फिल्म ‘क्याप्टेन’ प्रदर्शनमा आउने भएको छ । यसअघि विभिन्न डेटमा फिल्म प्रदर्शनमा आउने चर्चा चलेतापनि क्याप्टेन निर्माण यूनिटले औपचारिक रिलिज मिति फागुन १७ गते तय गरेका हुन् ।
सुपर काजल फिल्म्सको ब्यानरमा अभिनेता भुवन केसीको निर्माण तथा दिवाकर भट्टराईको निर्देशन रहेको यस फिल्ममा अनमोलको अपोजिटमा प्रियंका एमभी र उपासना सिंह ठकुरी देखिने छन् । फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लागायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । फिल्ममा अधिक मात्रामा भीएफएक्सको कार्य गर्नु पर्ने भएकाले फागुनमा रिलिज गर्न लागिएको निर्माण यूनिटले बताएका छन् ।
_Z8LKx7RWAr_iskxc8mkegtwckrfzwnjhamir6okcymaav3yfbc0ja6xrqp1aleqyljo1idy.jpg)
बोर्डले विवादास्पद कम्पनीसँग मिलेर गर्न लागेको फेस्टिभल ‘महापुरुष’ले बहिष्कार …

‘छड्के २’ टिजरः अनमोल र निर्देशकको कुरा नमिलेको हो ?

सबै हिरो व्यस्त, तर आकाशको हातमा छैन फिल्म

नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरिन् एलिजा

‘छड्के २’ टिजरः ‘मेनडग’ बनेका अनमोलको ग्याङस्टार अवतार

प्रतिक्रिया