नाना पाटेकर र विकास बहाल पछि कैलाश खेरमाथि यौन दुर्व्यवहार आरोप

तनु श्री दत्त र नाना पाटेकर विवादपछी बलिउडमा #मि_टु क्याम्पियन सुरु भएको छ । पछिल्लो केहि दिनमा कयौ महिलाले आफु माथि घटेको घटना सेयर गर्न सुरु गरेका छन् । विकास बहाल माथि सेक्सुअल ह्यारस्मेन्टको आरोपपछी गायक कैलाश खेरको पालो आएको छ । उनी माथि पनि  यसै किसिमको आरोप लागेको छ ।

फिल्म इन्डस्ट्रीमा महिलाबाट नाजायज फाइदा उठाइने कारण पहिला पहिला सरिफ महिला फिल्ममा काम गर्न रुचाउदैन थिए । कतिपय फिल्ममा महिला कलाकार नाभएपछी पुरुष आफैँ महिला बनेर भूमिका निभाउने गर्थे । समय बदलिएको छ फिल्मी क्षेत्रमा महिला सहभागिता मात्रै होइन लिड रोलमा समेत महिला देख्न थालिएको छ ।

रिपोर्टका आनुसार, एक महिला फोटो पत्रकारले कैलाश खेर माथि यौन अत्याचारको आरोप लगाएकी छन् । जब उनी आफ्नी एक महिला साथिसँग खेरको इन्टरभ्युका लागी गएकी थिइन् त्यो समय गायक खेरले ह्यारस्मेन्ट प्रयास गरेका थिए । आफ्नो एक्स्पिरियन्स बारे उनले ट्विट समेत गरेकी छन् । इन्टरभ्युको फोटो खिच्न गएको समयमा यो घटना घटेको थियो ।

उनले आरोप लगाएकी छन् की कैलाश खेर दुई महिलाको बीचमा बसेर आफ्नो हात महिलाको जांघमा राख्न थाले । उनले यो खबर समाचारमा छाप्न भने पनि यस एगलको समाचार छाप्न गारो हुने भन्दै कुरा त्यहि टुंगिएको थियो ।