‘पेटा’ पोष्टरमा जवान रजनीकान्त

सुपरस्टार रजनीकान्त स्टारर फिल्म ‘पेटा’ को सेकेन्ड लुक रिलिज गरिएको छ । सन पिक्चर्सको फिल्मको पोस्टरमा ६७ वर्षका रजनीकान्त आफ्नो उमेरभन्दा आधाका देखिएका छन् । उनले सेतो रंगको कपडा र निधारमा चन्दन लगाएका छन् भने  उनले आफ्नो जुँगा पनि लामो राखेका छन् । फिल्मको पहिलो पोस्टरमा उनी यो भन्दा बिल्कुल भिन्न रुपमा देखिएका थिए ।

कार्तिक शुभराजको निर्देशनमा बनिरहेको यो फिल्मको छायांकन भइरहेको छ । सुपरस्टार रजनीकान्तको यो १६५ औं फिल्म हो । ‘पेटा’ एक राजनीतिक ड्रामा फिल्म हो । फिल्ममा नवाजउद्दीन सिद्दिकीको विशेष भूमिका छ । नवाजउद्दीनको रजनीकान्तसँग यो पहिलो फिल्म हो । ‘पेटा’ मा विजय सेतुपति, सिमरन, तृषा, बबी सिंह, सनथ रेड्डी र मेघा आकाशको पनि प्रमुख भूमिका रहनेछ । फिल्ममा निरुद्ध रविचन्दरको संगीत छ । ‘२.०’ रिलिजपछि उक्त फिल्म रिलिज हुनेछ ।