रिसाहा र मायालु भूमिकामा जुनियर एनटिआर

तेलेगु फिल्मका सुपरस्टार जुनियर एनटिआरको फिल्म ‘अरबिन्द समेथा’ को ट्रेलर रिलिज भएको छ । फिल्ममा उनलाई एक्सन तथा रोमान्स गर्दै गरेको देख्न सकिन्छ । फिल्ममा पूजा हेग्डे उनको अपोजिटमा देखिएकी छन्।

फिल्मका निर्देशक त्रिविक्रम श्रीनिवास हुन् । यसै फिल्मका लागि उनले कसरत गरेर आफ्नो शरिरलाई विशेषरूपमा परिवर्तन गरेका छन् । फिल्ममा इशा रेबा, सुनिल, जगपति बाबु, नागाबाबु लगायतको अभिनय रहेको छ । फिल्म दशैमा रिलिज हुनेछ ।