पुष्पसँग जोडी बाध्दै दीपिका र रेविका 

- मेराेफिल्म

नवल नेपालको निर्देशनमा बन्न लागेको नयाँ अनटाइटिल फिल्ममा नायिका दीपिका प्रसाईं फाइनल भएकी छिन् । निर्माण युनिट र दीपिका बीच मौखिक सहमती भए पनि लिखित सम्झौता हुन बाकीं छ । फिल्मका लागि यस अघि नै पुष्प खड्का र रेविका गुरुङ फाइनल छन् । फिल्मका लागि नायक पुष्पले शरीर बनाइरहेका छन् । उनी अहिले फिल्मकै लागी नृत्य प्रशिक्षण पनि लिइरहेका छन् ।

पुष्प फिल्म ‘मंगलम’बाट चर्चामा आएका नायक हुन् । ‘मंगलम’मा उनले गरेको कामको निकै प्रशंसा भएको थियो । त्यस्तै, दीपिका पनि फिल्म ‘ऐश्वर्य’बाट रजतपटमा भित्रिएकी नायिका हुन् । ‘छक्का पन्जा ३’ मा समेत काम गरिसकेकी उनीलाई फिल्म क्षेत्रको उदाउदो स्टारको रुपमा हेरिन्छ ।त्यस्तै फिल्म ‘लिलिबीली’मा अभिनय गर्ने भनेर चर्चामा आएकी रेबिकाले पछि उक्त फिल्ममा काम गरिनन् । रेबिकाको यही डेब्यु फिल्म हो ।

फिल्ममा दीपिकाको इन्ट्री भएसँगै अब पुष्पको जोडी दीपिका हो वा रेबिका हो भन्ने जिज्ञाशा उठ्न थालेको छ । फिल्मलाई ‘अझै पनि’ निर्माता पुनम गौतमले निर्माण गर्नेछिन् ।निर्देशक नवल नेपालका अनुसार दीपिकासँग कुराकानी भए पनि घटस्थापनाको दिन मात्र हुने नहुने तय हुनेछ । त्यस्तै निर्माता पुनम दीपिका फाइनल भए नभएको केही दिनमा थाहा हुने बताउँछिन् ।

२०७५ असोज २१ गते १९:१० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *