आयुष्मानले कुरा पनि सुन्ने कि ?

भन्छन् नी बोल्न पाए भनेर प्याच्च बोलिनहाल्नु,  बस्न पाए भनेर थ्याच्च बसिनहाल्नु । कहिलेकाही कसैका कुरा पुरा सुन्ने बानी पनि गर्नुपर्छ । झन्, पत्रकार सम्मेलनमा पत्रकारले सोधेका प्रश्नलाई पुरै नसुनी विचमा कुरा काट्ने बानी कलाकारको पटक्कै राम्रो नहोला ।

अभिनेता आयुष्मान देशराजमा भने त्यती धैर्यता गर्ने बानी पनि रहेनछ । चंगाचेट फिल्ममा उनी र परमिता आर एल राणाको अभिनय छ । यी दुबै पहिले प्रेममा थिए । पत्रकारले ‘ब्रेकअप जोडी’ भन्दै निर्देशक दिपेन्द्र के खनाललाई प्रश्न सोध्दै थिए । आयुष्मानले पुरा कुरा सुन्न आवश्यक नै ठानेनन् । विचमै यो ब्रेकअप जोडी भनेको के हो भन्दै प्रतिप्रश्न गर्न थाले । निर्देशकलाई सोध्न लागिएको प्रश्नमा विचमा कुरा नै नसुनी आयुष्मानले जवाफ दिनुको औचित्य थिएन ।

यसपछि पत्रकारले निर्देशकलाई पनि प्रश्न सोधेनन् । आयुष्मान र परमिता एकसाथ हुँदा पत्रकारका लागि पनि समाचार विशेष त हुने भैहाल्यो । आयुष्मान र परमिता एकैसाथ बस्दा खुबै गफगाफ गरे । यस्तो लाग्थ्यो उनीहरुको गफ क्यामेरा फोकस थियो । फिल्ममा गरिने अभिनय जस्तै नाटक गर्दै थिए उनीहरु, त्यहा देखिएको दृश्यले त्यस्तै बताईरहेको थियो । पछि,  तस्बिर खिचाउने क्रममा आयुष्मान परमितासँगै फोटो खिच्न अन्कनाउदै थिए । फिल्मको ट्रेलर हेर्ने क्रममा पनि उनले परमितासँग बस्न आवश्यक ठानेनन् । परमिता र आयुष्मानलाई एकसाथ राख्ने काम निर्माता माधव वाग्लेले गरेका थिए । परमिता र आयुष्मानको गफ मात्र क्यामेराका लागि थियो । क्यामेरा बन्द भयो, उनीहरुको बोलि पनि बन्द भयो ।

आयुष्मानले पुरा कुरा सुन्ने बानी गर्दिए अबदेखि धेरै राम्रो हुने थियो । अभिनयमा जम्न त उनी सकेका छैनन् उनको अभिनयले त्यति चर्चापनि पाएको छैन अनि उनको यो घमण्ड आखिर के का लागी ? कि, प्रियंकासँग नाम जोडेर हिट भएको छु भन्ने घमण्ड पलाएको हो ?