दीपक बज्राचार्यको ‘मनमगन’ अब हिन्दीमा

केहि समय अघि सार्बजनिक पप गायक दीपक बज्राचार्यको गीत ‘मनमगन’ नेपाली र नेपाल भाषा पछि हिन्दीमा सार्वजनिक भएको छ । गायक बज्रचार्यको हिन्दी भर्सनलाई भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्युनले प्रचारप्रसार गर्दै छ । नेपाली मौलिकता बोकेको गीत भारतीय संचार माध्यमबाट प्रसारण हुनु नेपाली संगीत क्षेत्रकै गौरवको विषय हुन आउछ ।

हिन्दी भाषामा गीत रिलिजसँगै भारत कै डान्स रियालिटी सो डान्स प्लस फोरमा प्रतियोगीले नेपाली भाषाको मनमगनमा नृत्य गरे पछि यस गीतको चर्चा अझै चुलिएको छ ।

संसारभरि मौलिक नेपाली बाजा, स्थानीय संस्कृतिको प्रचार प्रसार गरौ ,संसारलाई नेपाली संगीतमा नचाऔं भन्दै गायक बज्रचार्यले नेपाली बाजाहरुको तालमा क्रिम अफ रीदम अभियान अगाडि बढाइरहेका छन् । ८ वर्ष अघि उनले सुरु गरेको ‘क्रीम अफ रीदम’ अभियान अन्तर्गत  मौलिक बाजाहरुको समिश्रण गरी काली काली, ओ अमिरा, मायाको डोरीले लगायतका लोकप्रिय गीतहरु समावेश गरी ‘मेड्ली’ रिलिज गरेका थिए जसलाई अंग्रेजी भाषामा समेत सार्वजनिक गरिएको थियो ।

क्रीम अफ रीदमले पप शैलीका गीतमा नेपाली मौलिक बाजाहरुको प्रयोग गरी फ्यूजन गर्दै गीत संगीत निर्माण गर्ने गरेको छ ।