सपन श्रेष्ठको ‘सुरमै जादु छ’ सार्वजनिक

सपन श्रेष्ठको पहिलो म्युजिक भिडियो सार्बजनिक भएको छ  । कमल खत्रीको शब्द रचना तथा संगीतमा सपन श्रेष्ठले ‘सुरमै जादु छ’ बोलको गित रेकर्ड गरेका हुन्  । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।

द मोन्टाजका पवन सुस्लिङ्गको कन्सेप्ट तथा निर्देशनमा निर्माण गरिएको भिडियो संचारकर्मी सुवास संकल्पले सहायक निर्देशन तथा निर्माण गरेका हुन्  । मोडल सोहम गुरागाई र सिम्पल खरेल फिचार्ड उक्त्त म्युजिक भिडियो काठमाडौँमा छायांकन गरिएको हो । भिडियो पवन सुस्लिङ्गले छायांकन तथा सम्पादन गरेका छन् ।