‘बादशाह जुट’ को गीत ‘काफल पाक्यो’ सार्वजनिक

एक कार्यक्रमका बीच फिल्म ‘बादशाह जुट’ को काफल पाक्यो गीत सार्वजनिक भएको छ । मेलिना राई र राजन राज सिवाकोटीको आवाज रहेको गीतमा डी पि खनालको शब्द रचना तथा कृष्ण भारध्वजको संगीत रहेको छ । प्रियंका कार्की र शुसिल श्रेष्ठले गीतमा कम्मर मर्काएका छन् ।

‘बादशाह जुट’मा बडीबिल्डर हिरोको छबी बनाएका सुशिल श्रेष्ठसँगै आमिर गौतम, केइसा रावत, रोशी खड्का, रश्मी पाण्डे, रोविन तामाङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ भने प्रियंका कार्की अतिथि भूमिकामा देखिंदै छिन् ।

फिल्म एच एण्ड बी फिल्म्स र गोल्डेन ग्रेप्स फिल्म्स एण्ड इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । पोखराको सिन प्याकअप गरेको फिल्म यूनिटले अब काठमाडौंमा केहीसिन खिचेर मुम्बई जानेछ । फिल्मलाई जोनी सिंह राणाले निर्देशन गरेका छन् ।