‘क्यारेंग ग्यांग ३’ को ‘नो प्रोब्लम’
- मेराेफिल्म
फिल्म ‘क्यारेंग ग्यांग ३’ को ‘नो प्रोब्लम’ बोलको गीत सार्वजनिक गर्दै निर्माण टिमले फिल्म निर्माण कार्य सकिएको घोषणा गरेको छ । गीतमा सानु खतिवडाको स्वर तथा संगीत र राजु लामाको शब्द रहेको छ ।
गीत सार्बजनिकसँगै फिल्म प्रचार प्रसारको काम सुरु भएको छ । राजु लामाले निर्माण तथा निर्देशन गरेको फिल्ममा जीवन पराजुलीको छायांकन र प्रदिप दाहालको सम्पादन रहेको छ । अजु लामा र सानु खतिवडाको मुख्य भूमिका रहेको फिल्मको रिलिज मिति भने सार्बजनिक गरिएको छैन ।
२०७५ असोज २२ गते १४:०८ मा प्रकाशित
प्रतिक्रिया