मेलिनाको ‘आना र सुक्का’मा अलिशा र पुस्कर

मेलिना राई र गोविन्द चेमजुङको स्वर रहेको गीत ‘आना र सुक्का’ सार्वजनिक भएको छ । गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ । राम जन सुब्बाको शब्द समावेश उक्त गीतलाई शहास शाक्यले एरेन्ज गरेका छन् ।

शान थापाको निर्देशनमा तयार भएको उक्त भिडियोमा अलिशा राई र पुस्कर दाहाल फिचर्ड छन् । भिडियोमा राजिव समरको नृत्य निर्देशक रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।