‘गुनगुन’ ट्रेलर रिलिज

फिल्म ‘गुनगुन’ को ट्रेलर रिलिज भएको छ । कार्तिक ३० बाट प्रदर्शनमा आउने फिल्मको आइटम गीत र टिजर यसअघि नै रिलिज भैसकेको छ । फिल्म पुकार भट्टराईको निर्देशनमा तयार भएको हो ।

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम निर्देशक भट्टराईको अभिनय रहेको छ । फिल्म ‘गुनगुन’ मा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।