चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ ।

टिकाथली स्थित निवास नजिक रुख काट्ने क्रममा रुखसँगै पोल ढलेर घाइते भएका उनको उपचारको लागि बि एन्ड बि अस्पातल लैजाने क्रममा बाटोमै निधन भएको बि एन्ड बि अस्पातलमा खटिएका प्रहरिले पुष्टी गरेको छन् । उनीसँगै रहेका अर्का एक व्यक्ति घाइते भएको र उनको अवस्था खतरा मुक्त रहेको प्रहरिले बताएका छन् । हाल उनको पार्थिव शरिर पोष्ट मार्टमका लागी पाटन अस्पताल लगिएको छ ।