गुनगुनको प्रेसमिट किन होला ?

प्रेसमिट किन गर्ने ? गरेर के फाइदा हुन्छ भन्ने हेक्का नराखी किन गर्नु ? न कलाकार, न फिल्मको टिम । अनावश्यक प्रेसमिट गरेको हो भन्नका लागि मात्र गरेर केही काम छ त ? प्रेस मिट  गरेपछि त्यसले फिल्मको हाइप बढाउनुपर्ने हो कि होइन होला ? तर, फिल्म बनाउनेहरु प्रेसमिट गरिसकेपछि फिल्मले मारामार व्यापार गर्छ जस्तो सोच्छन् । कुनै तयारी विना नै गरिदिन्छन् ।

पुकार भट्टराइले बनाएको गुनगुन सिनेमाको पब्लिसिटी त भैरहेको छ । तर, विनाअर्थको पब्लिसिटीले के फाइदा होला ?

मंगलबार फिल्मको प्रेसमिट राखियो । दर्शकले अलिकती चिनेका अभिनेत्री संचिता लुइटेल पनि देखिइनन् । उनी, कामले गर्दा नआएको जानकारी गराइएको थियो । निर्देशक, कलाकार सुभाष मेचे बाहेक कम्तीमा ५ जना मात्र उपस्थित थिए ।

यस्तो उपस्थिीतीमा किन र केका लागि पत्रकार सम्मेलन ? विनाअर्थ किन खर्च गर्छन् निर्माता ? प्रेसमिट गर्ने वित्तिकै पत्रिका र अनलाइनमा फोटो आउँछ भन्ने लोभ हो कि के हो ?

अभिनेत्री संचिताको पनि अहिले फिल्म छैन । यस्तो बेलामा भाको एउटा फिल्मको प्रचारमा उनलाई ध्यान छैन । विना अर्थको प्रेसमिटको के अर्थ ?