बर्षाले ‘पिरिम नलाउने’ (भिडियो)

दसैँलाई लक्षित गर्दै ‘पिरिम नलाउने’ बोलको गीत सार्वजनिक भएको छ । आशिष सचिन र मेलिना राइको स्वर रहेको गीतलाई संगीतकार दीपक शर्माले कम्पोज गरेका हुन् । गीतमा शब्द पनि उनकै रहेको छ । भिडियोमा गायक आशिष सचिनसँगै मोडेल बर्षा राउत देखिएकी छिन ।

आरोही एल्बममा समावेश गीतको भिडियोलाई सञ्चारकर्मी समेत रहेका सुव्रत आचार्यले निर्देशन गरेका छन् । गीतमा सुव्रतलाई कन्सेप्ट क्रिएटरको रुपमा जया शर्माले साथ दिएकी छिन । यसमा उत्सव दाहालको छायाँकन रहेको छ भने यसलाई नविन निरौलाले कलर र सम्पादन गरेका छन् । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् । गीतमा दसैँमा गाउँ फर्किएको परदेशीको मायालुसँगको भेटलाई दर्साइएको छ ।