मलिनाको बाटोमा श्रृष्टी

अभिनेत्रीद्वय मलिना जोशी र श्रृष्टी श्रेष्ठको मिस नेपालको यात्रा राम्रो भयो । दुबै जनाले टाइटल जिते । टाइटल जितेपछि दुबैले नाम पनि कमाए । नामलाई निरन्तरता दिनका लागि दुबै जना फिल्ममा पनि आए । तर, फिल्मको यात्रा पनि कहालिलाग्दो बनेको छ ।

मलिना  जोशी त अब फिल्ममा चल्छिन् भन्ने आशा कमैलाई मात्र छ ।  किनकी, उनका सबै फिल्म असफल छन् । श्रृष्टीको लाइन पनि उस्तै छ । श्रृष्टीका पनि लगातार २ वटा फिल्म रिलिज  हुनु र उनी असफल हुनुले उनी पनि  मलिना कै बाटोमा देखिएकी छिन् ।

मलिनापछि श्रृष्टी  मिस नेपाल भएकी हुन् । फिल्म असफल हुनु  आफ्नो ठाउँमा छ । तर, यी  दुबै मिस नेपालको फिल्म रिलिजको बेलामा दर्शकमा कुनै उत्सुकता नदेखिनु चै दुखलाग्दो कुरा हो ।

मिस नेपालद्वय एक  अर्कालाई मिल्ने साथी मान्छन् । धेरै मिस नेपालमध्ये कमले मात्र फिल्मको बाटो समातेका   छन् । तर, उनीहरुले समातेको बाटो अझै पनि आकर्षक बन्न सकेको छैन ।

दुबैले हिटको फर्मुला सिक्न आवश्यक छ । तर, खै कता कता भीडमा हराएका छन् मलिना र श्रृष्टी ।