फिल्म न यता न उताको ‘चोलीको तुना’ गीत सार्वजनिक

- मेराेफिल्म

यस अघि टिजर रिलिज भएको फिल्म न यता न उताको गीत ‘चोलीको तुना’ सार्वजनिक भएको छ । गीतमा राजन निशान, मिलन अमात्य, राजन राज सिवाकोटी र मिना सिंहको आवाज रहेको छ । एक नारायण भण्डारीको शब्द रचना रहेको गीतमा मिलन जलन र राजन इसानको संगीत संयोजन रहेको छ । गीतमा फिल्मका मुख्य कलाकारहरुको नृत्य देख्न सकिन्छ ।

मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशनमा बनेको यस फिल्ममा समिर दिक्षित, मिराज रोस सहित ऋचा शर्मा,  बुद्धी तामाङ,  छुल्ठिम गुरुङ,  नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा सहित अन्य देशि विदेशी कलाकारहरुको अबिनाया रहेको छ  । फिल्म ‘न यता न उता’ लाई रिना लामाले निर्माण गरेकी हुन् ।

२०७५ असोज २५ गते १२:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *