फिल्म ‘रणवीर’ मा रिसाहा प्रशान्त र सुशील

फिल्म ‘रणवीर’ को फस्ट लुक मोसन पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार प्रशान्त ताम्राकार र सुशिल सिटौलाको एग्रेसिभ लुकलाई समेटिएको छ ।

फिल्ममा सुशिल सिटौला, शुभेच्छा खड्का, सुपुष्पा भट्ट,  प्रशान्त ताम्राकार, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्ममा गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको छ । फिल्म गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । एक्सन र रोमान्स समेटिएको फिल्म माघ १८ गतेबाट रिलिज हुनेछ ।