ऋचाले बर्षाको बाटो समात्ने बेला भएछ

अभिनेत्री ऋचा शर्माको कुरा अनुसारको सफलता छैन । उनी नेपाली फिल्ममा एउटा स्थानमा कहिले पनि पुगेको देखिएन । तर, ऋचाले फ्याट्टफुट्ट फिल्म त पाएकी छिन् ।
नेपाली फिल्मका प्रतिस्पर्धी अभिनेत्रीमा ऋचालाई पनि गनिन्छ । ऋचाले यसैले पनि धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
फिल्म सुनकेशरी निर्माण गरेर तहल्का नै पिट्ने सोच उनको थियो, तर, सोच अनुसार भएन ।
ऋचा शर्माले अभिनय गरेको न यता न उता फिल्मको चोलीको चुना गीत रिलिज भएको छ । यो गीत हेर्दा ऋचाको तौल अस्वभाविक रुपमा बढेको देखिएको छ । फिल्मको लागि नै ऋचाको यो त्याग हो भने त ठिकै होला, नत्र त ऋचालाई सुहाएन । किनकी, ऋचा यो गीतमा मोटी होइन, भद्दा देखिएकी छिन् ।
भैरे फिल्मको एक गीतमा मोटी देखिएपछि अभिनेत्री बर्षा सिवाकोटीले पनि जीमको बाटो रोजेकी थिइन् । अब, ऋचाले पनि बर्षाकै बाटो रोज्नु पर्ने पो देखियो ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया