फिल्मी बजार एक्स्पर्ट जैनको निधन

भारतीय फिल्मी बजार एक्स्पर्ट सन्तोष सिंह जैनको बुधबार निधन भएको छ । पारिवारिक श्रोतका अनुसार उनी ९७ बर्षका थिए । उनका परिवारका एक सदस्य हर्ष जैनले ट्विट गर्दै मृत्युको खबर बाहिर ल्याएका हुन् ।

उनले लेखेका छन्, “हाम्रो परिवारका एक सदस्य तथा फिल्म  ब्यापार बिशेषज्ञ सन्तोष सिंह जैनको मुम्बई स्थित उनको आफ्नै निवासमा निधन भएको छ । जैनले पारिवारिक तथा व्यवसायिक जीवन सानदार तरिकाले बिताएका थिए । उनी हाम्रो यादमा सदैव रहने छन् ।” सेन्ट्रल सर्किट सिने एसोसिएसन तथा फिल्म फेडरेसन अफ इन्डीयाका पुर्व अध्यक्ष जैनको निधनमा फिल्म जगतका ब्यापार बिभागका धेरै व्यक्तिले शोक ब्यक्त गरेका छन् । ५ अक्टुबरमा उनले जन्मदिन मनाएका थिए   ।