बानिका प्रधानको ‘मायाको रंग’

बानिका प्रधानको ‘मायाको रंग…’  गीत सार्वजनिक भएको छ । मेघराज लगुनको संगीत रहेको गीतका शब्दहरु स्नेहश्री थापा तथा सुरेश वाग्लेले संयुक्त रुपमा रचना गरेका हुन् । सुमित विश्वकर्माको संगीत संयोजन रहेको गीतमा सांगीतिक समुह कुटुम्बका संगीतकर्मीहरुले बाद्य यन्त्र बजाएका छन् ।

सुरेन्द्र मान सिंहले भिडियो निर्देशन तथा छायांकन गरेका हुन् । भिडियोमा हीरा रसाइली तथा नन्द लगूनले अभिनय गरेका छन् । तुलसी लगून, तिलक लगून तथा बिमल गजमेरले छायांकनमा निर्देशक सुरेन्द्र मान सिंहलाई साथ दिएका छन् ।