साउथ फिल्ममा अमिताभ

अमिताभ बच्चन अभिनित साउथ इण्डियन फिल्म ‘सई रा नरसिम्हा रेड्डी’ को मोसन पोष्टर सार्वजनिक भएको छ  । बिग बिको जन्मदिनको अवसर पारेर निर्माण टिमले पोष्टर सार्वजनिक गरेको हो ।

चिरन्जीवीको मुख्य भूमिका रहेको फिल्म स्वतन्त्र सेनानी यु नरसिम्हा रेड्डीको जीवनीमा आधिरित छ । फिल्ममा अमिताभ भने विशेष भूमिकामा रहेका छन् । फिल्मको क्यारेक्टर विशेष भएकाले बलिउडका बिगबि गेस्ट रोलमा देखिन सहमत भएका हुन् । नयनथरा र जगपति बाबुको पनि अभिनय रहेको फिल्मलाई सुरेन्द्र रेड्डीले निर्देशन गरिरहेका छन् । फिल्मको छायाँकन अमिताभ हैदरावादमा गरेका थिए ।