सगरमाथा म्युजिक अवार्डमा सात पत्रकार सम्मानित हुदै

राजधानीमा एक कार्यक्रम बीच युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँचको नोमिनेसनमा परेका कलाकारलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिएको छ ।

कार्यक्रममा कलाकार तथा निर्देशक मोहन निरौला, गायक शिवराज जोशी,  गायक सिताराम पोखरेल,  गितकार तथा पत्रकार शान्तिप्रिय, गितकार तथा पत्रकार पुरुषोत्तम बस्नेत र गायिका सिन्धु मल्लको उपस्थिति रहेको थियो ।

यसका साथै नेपाली कला क्षेत्रमा सक्रिय ७ जना पत्रकारलाई सम्मान गरिने भएको छ । कला पत्रकारिताबाट सम्मानित हुने पत्रकारहरुमा श्याम अर्याल,  लक्ष्मण सुवेदी,  कुवेर गिरी,  श्रीधर पौडेल, चन्द्रमणि गौतम र किरण प्रसाद अधिकारी रहेका छन् भने पत्रकार गिता अधिकारीलाई महिला सशक्तिकरण पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । सबै पत्रकार एक दशक भन्दा लामो समयदेखी पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् ।

४४ विधामा २२० कलाकर्मीले अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् ।  अवार्ड आगामी मंसिर ३ गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा हुने अवार्ड आयोजक समितिका अध्यक्ष मनोज थापाले जानकारी दिए । अवार्डमा ७० प्रतिशत भोटिङ र ३० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट गरिने छ । मौलिक गितहरुलाई भने विना प्रतिस्पर्धा जुरीको निर्णयको आधारमा केहि विधामा अवार्ड प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।

सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।