राज के गोस्वामीको ‘साइली र माइली’

नेपाली टचको प्रस्तुतीमा गायक राज के गोस्वामीको ‘साइली र माइली’ सार्वजनिक भएको छ । मुकुन्द किशोर भट्टराईको शब्दमा उदीत नारायण झा र मधु क्षेत्रीको आवाज रहेको उक्त गीतलाई रिमेक गरेर गायक गोस्वामीले भिडियो सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा सन्दिप क्षेत्री, अलिशा राई र करिश्मा ढकालको अभिनय रहेको छ । भिडियोमा राजिभ समरको कोरियोग्राफी, बुद्ध थापाको छायांकन, अर्जुन तिवारीको डिओपि, सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने निर्देशन शान थापाले गरेका हुन् । एक दर्जन बढी गीतमा आफ्नो स्वर भरिसकेका गायक गोस्वामी अस्ट्रेलियालाई आफ्नो कर्म थलो बनाएर नेपाली संगीतको क्षेत्रमा सकृय गायक हुन् । उनी सहितको समुहले अस्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन समेत गर्दै आएको छ ।