अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ फर्स्ट लुक पोष्टर

नायक अनमोल के.सी र डेब्यु नायिका सुहाना थापाको मुख्य अभिनय रहने फिल्म ‘ए मेरो हजुर ३’को फर्स्ट लुक पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक भएका दुई पोष्टरमा नायक अनमोल केसी र डेब्यु नायिका सुहाना थापालाई देख्न सकिन्छ । श्रीधर पौडेलको फोटोग्राफी रहेको उक्त पोस्टर टौवा क्रियसनले डिजाइन गरेको हो ।

फिल्ममा नायक अनमोल केसी गायकको भूमिका निर्वाह गर्दै छन् । पोष्टर गर्दा म्युजिकल लभको फिल देख्न सकिन्छ । लभ स्टोरी जनरामा निर्माण हुने फिल्ममा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा लगायतको समेत अभिनय रहनेछ ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्न लागेका हुन् भने निर्देशन नायिका/निर्देशक झरना थापाको रहनेछ । डेब्यु नायिका सुहाना सुनिल र झरानाकी छोरी हुन् । फर्स्ट लुक पोस्टर सार्वजनिक भएसँगै फिल्मको औपचारिक छायांकन समेत सुरु भएको छ । फिल्म चैत्र २९ गते देखि प्रदर्शनमा  आउने छ ।